हुलाकी न्यूज, भैरहवा २ आश्विन । प्रहरीको गोलीबाट रुपन्देहीको बेथरीमा मारिनेको संख्या पाँच पुगेको छ । भदौ २९ गते प्रहरीले बजार तथा घरमा अन्दाधुन्द गोली चलाउँदा एक ४ वर्षीय बालक र एक किशोरीसहित चार जना मारिएको थिए ।

सोही दिन बजारमा रहेको पसल बन्द गर्ने क्रममा प्रहरीले नन्दनी पाण्डेलाई पनि गोली हानेका थिए । उपचारको क्रममा शनिबार उनको मृत्यु भएको छ । पाण्डेको कम्भरभन्दा तल बाँया पटी गोली लागेको हो ।

प्रहरी उक्त घटनालाई प्रदर्शनकारीले घरेलु हतियारसहित आक्रमण गर्न आउँदा गोली चलाउनु परेको बताएका छन् । तर स्थानीयवासीले प्रहरीको भनाई गलत रहेको बताउँदै आएका छन् ।

आज बेथरीका स्थानीयबासीहरुले बेथरी घटनाको छानविन गर्न माग गरेका छन् ।

रुपन्देहीमा बालक र किशोरीसहित ४ मारिए, यसरी भयो घटना (तस्बिरसहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.