
हुलाकी न्यूज, काठमाडौं १० असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सातौं केन्द्रीय समितिमा प्रस्तुत गरेका प्रतिवेदनको बारेमा अधिवक्ता दीपेन्द्र झाले ओलीले सत्ता छोड्नु परेकोले भारतप्रतिको रिस र मधेशप्रतिको ईखको पुलिन्दाको दस्तावेज जस्ता रहेको टिप्पणी गरेका छन् ।
अधिवक्ता झाले भने, ‘नेकपा एमालेका अध्यक्ष ओलीजी तपाईले सातौं केन्द्रिय कमितिमा प्रस्तुत गर्नु भएको प्रतिवेदन पढेँ । सत्ता छोड्नु परेकोले भारत प्रतिको रिस र मधेस प्रतिको “इख” को पुलिन्दाको दस्तावेज जस्तो अनुभुत भयो ।’
उनले सामाजिक सञ्जालमा ‘देश विकास र राजनीतिक निकासको अग्रगामी रुपरेखा कोर्नु भएको होला भनेर पुरै प्रतिवेदन पढेँ तर झोकमा लेखिएको र कुर्सी छोड्नु परेको कड्वाहटको तातोपन अहिले पनि सेलाइ नसकेको भेटाएँ ।’ उल्लेख गरेका छन् ।
अधिवक्ता झाले ‘तीन तहको निर्वाचन गराउने रोडम्याप के हो ? खोज्ने प्रयास गरेँ तर पाएन । संक्रमणकालीन न्यायको मुद्दाहरु कसरी टुंग्याउने भन्ने सन्दर्भमा केही पनि उल्लेख छैन । मधेस आन्दोलनलाई “इन्भरटेड” कामामा राख्नु भएको छ । आन्दोलनको अस्तित्वलाई स्वीकार नगरेको देखियो तर त्यही आन्दोलनलाई मैले तुहाएँ भने ठुलै गर्भ गर्नु भएको रहे छ । नाका बन्दी खोलाएँ रे । तपाईले नाका बन्दी खोलाएको हो कि मधेसिया आफैले खोलेको हुन ?’ विश्लेषण गरेका छन् ।



