
हुलाकी न्यूज, काठमाडौं ९ असोज । मधेशीहरुको हरेक विपद्मा सहयोगी भूमिका निर्वाह गर्दै आएको हेल्प मधेश नामक संस्थाले ’बेटी पढाउ, बेटी बचाउ’ अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
हेल्प मधेशी (कतार च्याप्टर) को आयोजना र पहल नेपालको संयोजनमा शनिबार ‘सामुदायिक समस्या, सम्भावित उपाय र हाम्रो भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सो प्रतिबद्धता जनाइएको हो ।
नयाँबानेश्वरस्थित सफा चौरासी व्यंजनमा शनिबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।
‘हेल्प मधेशी’ कतारमा रहेका नेपालीहरुका साझा संजाल हो जुन मधेशलाई लक्षित गरि कोष निर्माण गरि समाजिक कार्यमा सत्योग तथा पहल गर्दैछ । अहिले हेल्प मधेश पछिल्लो मधेश आन्दोलनका शहीद परिवारलाई निरन्तर सहयोग गर्दै आएको छ ।
’पहल नेपाल’ देश भित्र र बाहिरबाट सामाजिक कार्यमा सक्रिय र रुचि राख्ने नेपालीहरुको साझा संस्थाको रुपमा रहेको छ । पहल नेपालमा संग्लन सामाजिक अभियन्ता सरोज राय र उनका टिमले विभिन्न प्राकृतिक प्रकोपको बेला सहयोग पुर्याउने काम गर्दै आएको छ । साथै शहिद परिवार, कुष्ठरोगि, अपांग, गरिव, विपन्न वर्ग आदिलाई निरन्तर सहयोग पुर्याइरहेको छ ।
अन्तरक्रिया कार्यक्रममा विचार राख्ने क्रममा कतारबाट ‘हेल्प मधेशी’ मा प्रमुख भूमिका निभाइरहेका ई. विरेन्द्र साहले कतारमा कार्यरत् करिव ३००० मधेशीहरु ’हेल्प मधेशी’ मा आवद्ध भइसकेको र विभिन्न कार्यक्रम गरि मधेश र मधेशीको स्तर उठाउन फन्ड जम्मा गरिरहेका जानकारी गराए ।
‘एक व्यक्ति एक रियाल’ भन्ने अभियान मार्फत पनि सहयोग राशी जम्मा भइराखेको साहले जानकारी दिए । अहिलेसम्म १४ शहीद परिवारलाई हरेक महिना सहयोग राशी उपलब्ध गराइरहेको, आगलागी र बाढी पिडितलाई सहयोग गरिसकेका तथा आउने दिनमा असहाय मधेशीहरुलाई सहयोग गर्न आफूहरु तैयार रहेकोसमेत ई. साहले बताए ।
सामाजिक अभियन्ता सरोज राय र उनका टिम ‘पहल नेपाल’ को माध्यमबाट शुरु गरिरहेका अभियान ’बेटी पढाउ, बेटी बचाउ’ मा हेल्प मधेशीले पूर्णरुपले सहयोग गर्ने प्रतिबद्धता उनीमार्फत भएको छ ।
विचार राख्ने क्रममा सामाजिक अभियन्ता रायले आफु अहिले म्म मेसेन्जरको रुपमा काम गर्दै आएको अर्थात असहायहरुको समस्या सहयोगीहरुको बीच राखेको र सहयोगीहरुबाट प्राप्त सहयोग असहायसम्म पुर्याउने गरेको तर अब आउने दिनमा केहि प्रभावकारी योजना तहत सामाजिक कार्यलाई अगाडी बढाउने बताए । सप्तरीका बाढीपीडितका लागि घर बनाउने योजना यहि दशैँबाट शुरु गर्ने र चांडै ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान शुरु गर्ने जानकारी गराए ।
आफुहरुले गरि राखेका सामाजिक कार्यलाई सहज रुपमा गर्न ‘पहल नेपाल’ नामक संस्था दर्ता गराउन लागेको र यो संस्था सबै नेपालीको साझा संस्था रहने भएकोले यसमा जुड्न सबैलाई रायले अनुरोध समेत गरे ।
यही अवसरमा ई. मनोरथ साहले ‘पहल नेपाल’ को माध्यमबाट १० जना दलित वा गरिव विद्यार्थीलाई बंगलादेशमा छात्रवृति उपलब्ध गराई दिने प्रतिबद्धता गरे । ‘पहल नेपाल’ सँग आवद्ध अधिकारकर्मी रीता साह र रुपा झाले दलितहरुमा शिक्षाका लागि जोड़ दिए ।
अधिवक्ता सुरेन्द्र कु. महतोले मधेशलाई प्राथमिकतामा राख्न जोड़ दिँदै ‘पहल नेपाल’ लाई दिनको १ रुपैयाँ सहयोग संकलन गर्ने अभियान चलाउन सुझाव दिनुको साथ रु. १ सहयोग गर्दै आफैबाट सुरुवात गरे ।
यस्तै, आनन्द आदित्य (अध्यक्ष चेल्सी कलेज), विक्की यादव, चन्द्र नारायण थारु (सप्तरी), दिगविजय मिश्र (कपिलवस्तु), आलोक तिवारी, श्याम किशोर साह, अधिवक्ता विकाश ठाकुर, अजमेरी खातुन, राम नारायण साह (सिरहा), रोशन महासेठ, उपेन्द्र यादव (पाटन क्याम्पस), संयोग देव (सप्तरी), लभ (महोत्तरी), बीपी साह (हुलाकी न्यूज) आदि सहभागीहरुले कतारबाट ‘हेल्प मधेशी’ ले गरिरहेको सहयोगको सराहना गर्दै ‘पहल टिम’ लाई ब्अअयगलतबदष्ष्तिथ र त्चबलकउबचभलअथ मा विशेष ध्यान दिदै तत्काल शिक्षा नै मुख्य समस्या भएको हुनाले यसलाई नै प्राथमिकतामा राखेर कार्य गर्न सल्लाह दिए ।



