nepal-election-commission11
हुलाकी न्यूज, काठमाडौं ८ असोज । निर्वाचन आयोगमा दर्ता भएकामध्ये तराई–मधेश लोकतान्त्रिक पार्टीसहित ८२ वटा दललाई निर्वाचन आयोगले रु. एक सय जरिवाना गरेको छ ।

राजनीतिक दलहरुले आय व्ययको वार्षिक प्रतिवेदन नबुझाएको भन्दै महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक लगायत ८२ दललाई जरिवाना गरिएको छ भने ११ राजनीतिक दल खारेजसमेत भएका छन् ।

निर्वाचन आयोगले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी ‘आयोगले तोकेको भनाई पेश गर्ने अवधिमा चित्त बुझ्दो भनाई पेश नगर्ने तथा सो अवधिमा समेत आय–व्ययको विवरणको वार्षिक प्रतिवेदन तथा भनाई पेश नगर्ने देहायका राजनीतिक दलहरूलाई राजनीतिक दल सम्बन्धी ऐन, २०५८ को दफा १६ बमोजिम रू. १००।– जरीवाना गर्ने’ उल्लेख छ ।

साथै, आगामी दिनहरूमा प्रचलित कानूनको म्यादभित्र निर्धारित ढाँचामा दलको आय–व्ययको विवरणको वार्षिक प्रतिवेदन पेश गर्न आयोगले सचेत गराएको छ ।

parties

prty11

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.