महोत्तरी, २ आश्विन । महोत्तरी सदरमुकाम जलेश्वरमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीको गोली लागि मृत्यु भएका जलेश्वर नगरपालिका १४ बखरीका २२ वर्षिय अमित कापरको परिवारलाइ ५० हजार एकसय रुपयाँ राहत प्रदान गरिएको छ ।

जर्मनीमा बस्दै आएका बखरी कै विनय कुमार शर्माले आफ्ना वुवा रामानन्द शर्मामार्फत सो राहत रकम सहयोग गरेका हुन ।

राहत रकम बुझ्दै मृतकका आफन्त हरि कापरले यो सहयोग सराहनिय भएको बताए । सहयोग राशी वितरण कार्र्यक्रममा मृतककी आमा चन्द्रकला देवी श्रीमति गुडिया देवी, चार वर्षिय छोरा अमन उपस्थित थिए । यता बखरीवासीले मृतक कापरको सम्पूर्ण किरिया खर्च आफुहरुले बेहोर्ने जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.