pusaskar-press-council-31
हुलाकी न्यूज, काठमाडौं ७ असोज ।
प्रेस काउन्सिल नेपालको ४७ औं वार्षिकोत्सवको अवसरमा ३२ जना पत्रकार तथा एउटा सञ्चार संस्थालाई पुरस्कृति गरिएको छ । जसमध्ये जम्मा ५ जना मात्र मधेशी–थारु परेका छन् ।

नेपाल पत्रकार महासंघको तथ्यांक अनुसार पत्रकारिता क्षेत्रमा ६० प्रतिशतभन्दा बढी पत्रकार मधेश थरुहट क्षेत्रमा छन् । मधेशका अधिकांश जिल्लामा अधिक संख्यामा सक्रिय पत्रकारहरु छन् तर प्रेस काउन्सिलले काठमाडौंका पत्रकारहरुलाई अधिक संख्यामा पुरस्कृत गर्ने गरेको आरोप लाग्दै आएको छ ।

मधेशी थारुबाट पुरस्कृति भएका ५ जनालाई समान्य पुरस्कार दिइएको छ । मुख्य तथा महत्वपूर्ण पुरस्कारबाट उनीहरुलाई बञ्चित गरिएकोप्रति पुरस्कृतिहरुले नै दुःख व्यक्त गरेका छन् ।

मधेशी थारुबाट पुरस्कृति हुनेहरुमा शसक्त संचारकर्मी पुरस्कार डा.राजेश झा अहिराज र महेश दासलाई तथा समावेशी पुरस्कार लक्ष्मीकुमारी चौधरी र शीतल महतोलाई प्रदान गरिएको छ । युवा शसक्तिकरण पुरस्कार सप्तरीका श्यामशुन्दर यादवलाई प्रदान गरिएको छ ।

करिब दुई दशकदेखि पत्रकारितामा रहेका तथा विद्याबारिधि गरेका डा.झालाई सशक्त सञ्चारकर्मी पुरस्कार दिएर अपमानित गरेको मधेशी अगुवाहरुको भनाई रहेको छ । त्यस्तै, राजविराजमा रहेर महत्वपूर्ण योगदान दिदै आएका न्यूजटुडेका सम्पादक यादवलाई पनि युवा शसक्तिकरण पुरस्कार दिएर काउन्सिलले अपमानित गरेको राजविराजका पत्रकारहरुको ठम्याई रहेको छ ।

तस्बिर : रातोपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.