press_munch_parsa
हुलाकी न्यूज, बीरगञ्ज ६ असोज ।
मधेशका व्यवसायिक पत्रकारहरुको संगठन प्रेस मञ्चको पर्सा शाखा विजय ठाकुरको नेतृत्वमा गठन भएको छ ।

बीरगञ्जमा एक कार्यक्रमका बिच मञ्च गठन भएको हो । मञ्चको उपाध्यक्षमा द्वव राजु साह, नन्दकिशोर गिरी, सचिव दिपक चौरसिया, सहसचिव राम मण्डल, कोषाध्यक्ष सोयता सहनी र सह कोषाध्यक्ष कृष्णा यादव रहेका छन् । त्यस्तै कार्य समिती सदस्यहरुमा चन्द्रिका पटेल, मनोज राम, साबिर हवारी, अजहर हवारी, मुन्ना सर्राफ, धिरेन्द्र ठाकुर, आनन्द पटेल, जाकिर हुसेन, मुन्ना ठाकुर, अबिनास झा, रिसव ओझा र केन्द्रिय प्रतिनिधी एसएमजहाँगस्त (गुडु) लगायत सर्वसहमतिले चयन भएका छन् ।

नवगठित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई मञ्चका केन्द्रीय संयोजक संतोष पटेल र सहसंयोजक किशोर गुरुले कार्यकालको शुभकामना दिएका छन् ।

मञ्चलाई सदभावना पार्टी निकट मानिदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.