sweta_dipti
हुलाकी न्यूज, काठमाडौं ६ असोज ।
हिन्दी साहित्यकी चर्चित साहित्यकार एवं हिमालिनी हिन्दी मासिक पत्रिकाकी सम्पादक डा.श्वेता दीप्तिको तीन वटा पुस्तक एकै साथ विमोचन भएको छ ।

नारीको समस्यालाई उजार गर्ने खालका ति कृतिहरु बुधबार काठमाडौंमा एक कार्यक्रमका बिच विमोचन गरिएको हो । त्रिभुवन विश्व विद्यालय केन्द्रीय हिन्दी विभागकी प्रमुखसमेत रहेकी डा.दीप्तिद्धारा लिखित विविध, नारी जीवनः विगत से वर्तमान तथा उषा प्रियम्वदा का कथा जगत और नारी त्रासदी पुस्तकहरु विमोचन भएको हो ।

अनुसन्धान मुलक तथा विश्लेषणत्मक डा.दीप्तिका कृतिहरुले हिन्दी भाषा साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिने कार्यक्रममा सहभागीहरुले बताए ।

डा.कृष्ण चन्द्र मिश्र पब्लिेकेशन प्रा.लि. तथा हिमालिनीले संयुक्त रुपमा आयोजना गरेको विमोचन कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, हिन्दी क्षेत्रका विद्धान शरण घई, भारतीय दुतावासकी पीआईसी प्रमुख रुविजस्प्रित शर्मा तथा हिमालिनीका अध्यक्ष सच्चिदानन्द मिश्रले संयुक्त रुपमा पुस्तकहरुको विमोचन गरेका थिए ।

डा.दीप्तिका पुस्तकहरु बजारमा सहजै रुपमा पाइने तथा हिमालिनीमार्फत खरिद गर्न सकिने प्रकाशकले जनाएको छ ।

कार्यक्रममा हिमालिनीले हिन्दी भाषा प्रचारमा योगदान दिएका शरण घईलाई सम्मानसमेत गरेको छ ।

dr-dipti

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.