Saptari_flood_victims
हुलाकी न्यूज, मोरङ ५ असोज । खोलाको बाँध फुटेर गाउँमा पसेपछि ५० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् भने सयौं घर डुबानमा परेका छन् ।

अविरल वर्षाका कारण बाँध फुटाएर खोला गाउँमा पस्दा इटहरा गाविस–३, ४ र ५ सहित गोविन्दपुर गाविसका केही वडासमेत डुबानमा परेको छ ।

बाढीका कारण सो क्षेत्रका ५० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् भने सयौँ घर डुबानमा परेका छन् । खोला गाउँमा पसेपछि इटहरा– ३ को जयनगर बस्तीका ३० घरपरिवारलाई उद्धार गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ । फाइल फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.