
हुलाकी न्यूज, काठमाडौं ५ असोज । तराई मधेश सद्भावना पार्टी नेपालका वरिष्ठ नेता रामनरेश रायले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग कांग्रेस–माओवादी केन्द्रले गरेको तीन बुँदे सहमति पालना भएपछि मात्र संविधान कार्यान्वयन हुनसक्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको एक साक्षात्कार कार्यक्रममा बोल्दै मधेशी मोर्चाका नेतासमेत रहेका रायले संविधान संशोधन नभएसम्म मुलुकमा कुनैपनि निकायको चुनाव हुन नसक्ने ठोकुवा गरेका छन् ।
उनले कांग्रेस–माओवादी गठबन्धनले मधेशी मोर्चासँग गरेको सम्झौतालाई कार्यान्वयन गरेर मुलुकलाई निकास दिनुपर्ने धारणा राखे ।



