हुलाकी न्यूज, काठमाडौं ४ असोज । नेकपा एमालेका नेता सत्यनारायण मण्डलले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले भनेजस्तो संशोधन हुन नसक्ने दाबी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा एमाले नेता मण्डलले मधेशी मोर्चाले भनेजसरी नागरिकताको प्रावधानमा संशोधन हुनै नसक्ने अडान लिए ।
उनले सत्तापक्षले संविधान संशोधनबारे चित्तबुझ्दो प्रस्ताव ल्याए एमालेले विचार गर्ने स्पष्ट पारे । मण्डलले थपे, ‘हाम्रो पार्टी राष्ट्र र जनताको हितमा छ, त्यसबाट दायाँबायाँ हुँदैन ।’
उनले अघि थपे,‘अहिले राष्ट्रिय राजनीतिबाट एमालेलाई एक्ल्याउने काम भैरहेको छ, एमाले पनि मधेश, पहाड र हिमालमै आधारित पार्टी हो ।’
तपाई आफनै अनुसारले संबिधान संसोधनन गरिदिनुस।तपाई त गोरो ,गोरो पार्टीको कर्मचारी जे गरे पनि ।यो देश त गोरोको हो।हामी त मधेशी त्यसमा पनि कालो।यो देशमा मधेसी को कुरा थोरै चलछ।जो मोर्चाले भन्नछ त्यों संसोधन हुन्छ।
Mandal ji morcha bhane ko chh. aru amale ka netaharu madheshi le bhane ko mag pura hudain bhan6.