lalbabu-raut
हुलाकी न्यूज, काठमाडौं ४ असोज । संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष तथा सांसद मो. लालबाबु राउत गद्दीले तीनबुँदे सहमतिअनुसार संविधान संशोधन प्रक्रिया अघि नबढ्नु दुःखद रहेको बताएका छन् ।

राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा सांसद राउतले सरकार गठनको पूर्वसन्ध्यामा मोर्चा र काँग्रेस–एमाले गठबन्धनवीच भएको तीन बुँदे सहमतिको स्पिरिट अनुसार संविधान संशोधन प्रक्रिया अघि नबढेको उनको आरोप छ ।

राउतले संविधानमा ५२ वटा धारा उपधाराहरु बाझिएको भन्दै प्रदेशको सिमांकन, लैगिंक विभेदको अन्त्य, नागरिकता, भाषिक समस्या, समावेशी समानुपातिक, राष्ट्रिय सभा, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, न्यायपालिका, आयोग गठन लगायतका प्रवाधाहरुमा संशोधन गर्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.