हुलाकी न्यूज, बीरगञ्ज २ आश्विन । मधेश–थरुहटमा जारी आन्दोलनलाई थप सशक्त बनाउन बृहत्त मोर्चाको निर्माण गरिएको छ । शनिबार विहान बीरगञ्जमा बृहत्त मोर्चा निर्माण गर्ने सहमति भएको छ ।

मोर्चामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, मातृका यादव नेतृत्वको नेकपा माओवादी र जेपी गुप्ता नेतृत्वको तराई मधेश राष्ट्रिय अभियान रहेको छ ।

आश्विन ३ र ४ गते आन्दोलनको विशेष कार्यक्रमहरु सफल पर्ने सहमति पनि भएको छ ।

शनिबार जारी भएको संयुक्त विज्ञप्तिमा मधेशी मोर्चाका तर्फबाट राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् भने, माओवादीका तर्फबाट मातृका यादव र अभियानका तर्फबाट गुप्ताले हस्ताक्षर गरेका छन् ।

मधेश–थरुहटमा एकीकृत आन्दोलनका लागि मोर्चा निर्माण गरिएको नेताहरुले बताएका छन् । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले हुलाकी न्यूजसँग अहिले बृहत्त मोर्चाको आवश्यकता रहेकोले निर्माण गर्न लागिएको बताए । उनले कुनै छुटै मोर्चा नभई संयुक्त मोर्चा बनेको बताए ।

 

Madheshi-Morcha

2 COMMENTS

  1. If it is an United Madheshi Front aimed at acquiring rights and authority over land,resources and decision-making process, why other political parties are not included? It seems Madheshi youths have to fight a long battle against the crooked government and its seclusion policy. This is the time to unite all Madhesh people irrespective of caste, ethnicity, religion and gender. The Maha Morcha should include not only the Madheshi political parties but also civil societies, media and intellectuals. Politicioans should consider them as an integral part of Madheshi Revolution.

    Politicians should understand that.

    • u r right gobid ji.many madeshi intellectuals in nepal r scared to speak before or in media about the madeshi rights ns social justice in nepal.i think we shoul do something to bring all these ploticis on the same podium.please take intiative nd do something.i m always ready to do something if i will of any help towards the freedome of madesh.where we can meet nd discuss something together./thanks

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.