usa_protest
हुलाकी न्यूज, काठमाडौं ४ असोज ।
विश्वको विभिन्न देशमा रहेका मधेशी–थारु तथा आदिवासी जनजातिहरुले नेपाली संविधानको विरोधमा प्रदर्शन गरेका छन् । नेपालको संविधान मधेश विरोधी तथा विभेदकारी रहेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

मुख्य रुपमा अमेरिका, बेलायत, अष्ट्रेलिया, भारत, दुबई र कतारमा नेपालको संविधान दिवसको अवसरमा मधेशी थारु तथा आदिवासी जनजतिहरुले कालो दिवस मनाएका छन् ।

अमेरिकामा डीएफडब्लू मधेशी समाजले महात्मा गान्धी मेमोरियल प्लाजा टेक्स्समा विरोधको कार्यक्रम गरेका छन् । त्यस्तै अमेरिका मै कालो पट्टी बाँधेर प्रदर्शन हुनुका साथै मसाज लुजुस पनि निकालिएको छ । एशोसिशएन अफ नप्लीज् तराईन इन अमेरिकाले पनि संविधानको विरोध गरेको छ ।

यता बेलायतको लण्डनमा रहेका मधेशीहरुले पनि नेपालको संविधान दिवसको अवसरमा कालो दिवस मनाएका छन् । मधेशी समाज यूकेले लण्डनमा रहेको नेपाली दुतावास अगाडि कालो दिवस मनाएको हो । त्यस्तै बेलायतको अन्य क्षेत्रमा पनि प्रदर्शन भएको छ ।

india_protest
यसैगरी छिमेकी मुलुक भारतको जन्तरमन्तरमा पनि ठूलो संख्यामा प्रदर्शन भएको छ । दिल्लीमा रहेका मधेशीहरुको छाता संगठन युनाईटेड मधेशीको अगुवाईमा कालो दिवस मनाइएको छ । त्यस्तै बैग्लुरमा गैरआवासीय मधेशी संघका सुजित ठाकुरलगायतको अगुवाई नेपालको संविधान जलाइएको छ ।

यसैगरी बैदेशिक रोजगारमा रहेका मधेशीहरुले अष्ट्रेलिया, दुबई, कतारसहितका देशमा छुट्टाछुट्टै प्रदर्शन गरेका छन् । बागंलादेशमा मेडिकल अध्ययन गरिरहेका विद्यार्थीहरुले पनि कालो दिवस मनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.