
हुलाकी न्यूज, काठमाडौं ३ असोज । नेपालको वर्तमान संविधान नाजायज संविधान रहेको भन्दै कानून व्यवसायीहरुले यस्तो संविधान कुनै मतलब नै नरहेको धारणा राखेका छन् ।
मधेशी तथा आदिावासी जनजाति कानून व्यवसायी संघले सोमबार मधेश मिडिया हाउसमा ‘नेपालको कपटपूर्ण संविधानको एक वर्ष’ विषयक छलफल कार्यक्रमको आयोजना गरी संविधानप्रति विरोध जनाएको छ ।
नेपालका ७० प्रतिशत जनता संविधानप्रति असन्तुष्ट रहँदा विश्वकै उत्कृष्ट संविधान भनी प्रचार गर्नु आफैमा हास्यास्पद रहेको कानून व्यवसायीहरुले धारणा राखेका छन् ।
नेपालको वर्तमान संविधान “थ्री इडियट्स” बनाएको कपटपूर्ण संविधान कुनै पनि हालतमा कार्यान्वयन हुन नसक्ने मधेशी तथा आदिवासी जनजाति कानून व्यवसायी संघ (मिला)ले जनाएको छ ।
तीन जना नेताले बन्द कोठाभित्र आफ्ना लागि मात्र नेपालको संविधान भनेर घोषणा गरेको आरोप लगाएका छन् ।
यो संविधान कुनै नाम नै नरहेकोले बिना नामको संविधानको कुनै काम नरहेको बताएका छन् । उनीहरुले वर्तमान संविधानलाई नाजायज संविधानको संज्ञा दिएका छन् ।



