aamaran-ansan
हुलाकी न्यूज, महोत्तरी ३ असोज । जनकपुर–भिठ्ठामोड सडकखण्ड ६ लेनको निर्माण हुनुपर्ने माग गर्दै विगत सात दिनदेखि आमरण अनसनमा बसेकाहरुको जीवन रक्षाका लागि तराई मानव अधिकार रक्षक सञ्जालले माग गरेको छ ।

अनसनकारीहरुको स्वास्थ्य अवस्था दिनप्रति दिन बिग्रदै गएको प्रति ध्यानाकर्षण भएको थर्ड एलायन्तका मानव अधिकार अधिकृत किरण कुमार कर्णले एक विज्ञप्ति जारी गरी जनाएका छन् ।

अनसनकारीहरुले जायज माग राख्दै आमरण अनसनलाई निरन्तरता दिँदै आएको छ भने अनसनकारीको अवस्था दिनप्रति दिन नाजुक बन्दै गएको छ ।

वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्मा (४४ वर्ष), नेकपा माओवादी केन्द्रका युवा नेता सत्येन्द्र यादव (२७ वर्ष), तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला सदस्य रमन कुमार ठाकुर (२८ वर्ष) र स्वतन्त्र मधेश गठबन्धनका नेता रंजित राज मधेशी (२६ वर्ष) लगायतका आन्दोलनकारीहरु ५ सुत्रिय माग राख्दै आमरण अनसनलाई निरन्तरता दिई रहदाँ समेत न त स्थानीय स्तरमा पहल भएको देखिन्छ । न त राज्य स्तरबाटै कुनै किसिमको पहल देखिन्छ । त्यसैले अनसनरत्त पक्षको मागहरुबारे नेपाल सरकारलाई यसै विज्ञप्ति मार्फत पहल गर्न समेत आह्वान गरेको छ ।

थर्ड एलायन्सले समयमै अनसनकारीहरुको स्वास्थ्य प्रति ध्यान दिनु पर्ने नितान्त आवश्यक देखिन्छ । तर सम्बन्धित पक्ष लगायतका गम्भिर नहुदाँ उहाँहरुको स्वास्थ्य दिनप्रति दिन विग्रिदैँ गएको अवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.