madheshi_lash
हुलाकी न्यूज, काठमाडौं ३ असोज ।
नेपालको संविधान मधेश विरोधी रहेको भन्दै विरोध गर्दै आएका युवाहरुले सोमबार काठमाडौंमा मधेशीहरुको लास प्रदर्शन गरेका छन् । संविधान जारी भएको दिनको सम्झनामा आन्दोलनका क्रममा मधेशीहरुको हत्या गरिएको संकेतको रुपमा लासहरु प्रदर्शन गरिएको छ ।

मधेशी समाजले काठमाडौंको माइती घर मण्डलामा लासहरु बनाएर प्रदर्शन गरेको छ । साथै मधेशीमाथि राज्यबाट अत्याधिक दमन भए पनि अन्तर्राष्ट्रिय समुदायले कुनै कदम नचालेको भन्दै बल्याक बुद्ध(कालो बुद्ध)को मुर्ति निर्माण गरी प्रदर्शन गरिएको छ । उक्त बुद्धहरुको मुखमा कालो पटी बाँधिएको थियो ।

कार्यक्रममा विश्लेषक सीके लालले नेपालको मृत संविधान धेरै दिन टिक्न नसक्ने बताएका थिए । उनले मधेशलाई बन्दुकले दबाएर ल्याएको संविधान कसैको हितमा नहुने औल्याएका थिए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.