black_day
हुलाकी न्यूज, काठमाडौं ३ असोज ।
संविधानप्रति असन्तुष्टि जनाउँदै आएका मधेशी–आदिवासी जनजातिलेहरुले आज कालो दिवस मनाएका छन् । संविधान जारी भएको एक वर्ष पुरा भएको अवसरमा तिनीहरुले कालो दिवस मनाएका हुन् ।

अर्कोतर्फ नेपाल सरकार तथा नेकपा एमालेसहितका पार्टीले संविधान दिवस भव्यताका साथ मनाएका छन् ।

मधेशका सम्पूर्ण जिल्लामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले घोषणा गरे बमोजिम कालो दिवस मनाइएको छ । त्यस्तै पहाडमा संघीय गठबन्धनमा आवद्ध दलको घोषणामा कालो दिवस मनाइएको छ ।

मधेशका मुख्य मुख्य शहरहरुमा हजारौंको संख्यामा सहभागी मधेशीहरुले नारावाजी गर्दै कालो पटी बाँधेर कालो दिवस मनाए । काठमाडौको माईती घर मण्डलामा मधेशी मोर्चा र मधेशी समाजले छुटाछुटै फरक फरक कार्यक्रमको आयोजना गरेको छ भने शान्तिबाटीकामा संघीय गठबन्धनले विरोध कार्यक्रमको आयोजना गरी कालो दिवस मनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.