talabandi-iom
हुलाकी न्यूज, काठमाडौं २ असोज । सर्वोच्च अदालतले चिकित्सा शिक्षामा समानुपातिक समावेशिताको सिद्धान्तअनुसार आरक्षण लागू गर्न दिएको निर्देशनात्मक आदेशलाई उल्लंघन गरेको भन्दै संयुक्त मधेशी विद्यार्थी मोर्चाले चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)मा अनिश्चितकालीन तालाबन्दी गरेको छ ।

संयुक्त मधेशी विद्यार्थी मोर्चाले आइतबार आईओएममा अनिश्चितकालका लागि तालाबन्दी गरेको हो ।

सर्वोच्च अदालतले यसै शैक्षिक सत्रदेखि चिकित्सा शास्त्रमा समानुपातिक समावेशिताको आधारमा आरक्षण लागू गर्न निर्देशनात्मक आदेश दिएको थियो ।

मधेशी विद्यार्थी मोर्चाले यसै वर्षदेखि समानुपातिक समावेशीको आधारमा आरक्षण लागू गर्नुपर्ने माग गरेको छ ।

1 COMMENT

  1. In India also Supreme Court forced for NEET and be applied for all over the India. But in our country Nepal why people are not respecting the order of Supreme Court.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.