black-day
हुलाकी न्यूज, काठमाडौं २ असोज । संविधान जारी भएको दिन असोज ३ लाई कालो दिवसको रुपमा मनाउन संघीय गठबन्धन र मोर्चाका चार दलले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गर्दैछ ।

गठबन्धनले सोमबार दिउँसो २ बजे रत्नपार्कस्थित शान्ति वाटिकामा जम्मा भई कालो झन्डा र व्यानरसहित कालो दिवसको रुपमा विरोध प्रदर्शन गर्दैछ ।

यसैगरी, मोर्चाभित्रका चार दल महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, अनिल झा नेतृत्वको नेसपा र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकले माइतीघर मण्डलामा विरोध कार्यक्रम गर्दैछ ।

यसअघि गतवर्ष पनि असोज ३ गते संविधान जारी भएको दिनलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आह्वानमा काठमाडौं सहित मधेशव्यापी कालो दिवस मनाइएकोे थियो ।

नयाँ संविधान मधेशी, आदिवासी जनजाति, खस, थारु, मुश्लिम, महिला, दलित लगायत उत्पीडित समुदायको पक्षमा नरहेको भन्दै गठबन्धनले कालो दिवस मनाउन लागेको हो । सरकारले भने असोज ३ गतेलाई संविधान दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।

1 COMMENT

  1. Very good….hami madhesi jaha bhae pani plz BLACK DAY celebrate garau……yo sambidhan hamro lagi xaina baru pahad ko lagi matrai ho…..tesaile plz jaha bhae pani taba samma BLACK DAY manau Jaba samma hamro mag pura hudaina……jay madhesh..!!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.