help-madhesh
हुलाकी न्यूज, महेन्द्रनगर २ असोज । करिब ५ महिना अघि दोहा कतारमा निधन भएका गाविस बथनाहा वडा नं. ७ का हरुण कवारीको परिवारलाई हेल्प मधेश कतार च्यापटर नामक संस्थाले आर्थिक सहयोग गरेको छ ।

साउन १७ का दिन सवारी दुर्घटनामा दोहा कतारमा ज्यान गुमाएको कवारी परिवारलाई हेल्प मधेशले ३२ हजार १ सय ४१ रुपैयां हस्तान्तरण गरेको हो ।

कवारी कम्पनीबाट काम गरी डेरा फर्कने क्रममा कतारको हलखोर भन्ने ठाउंमा गाडीले ठक्कर दिदां गम्भिर घाइते भएका थिए । गाडीको ठक्करबाट गम्भिर घाइते भएका कवारीलाई कतारको अहमद हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो । टाउकोमा गम्भिर चोट लागेका कवारीलाई ४ दिनपछि अस्पतालले मृत घोषणा गरेको थियो ।

घर परिवार सुखी सम्पन्न बनाउन कवारी करिब ६ महिना अघि मात्र वैदेशिक रोजगारीको क्रममा दोहा कत्तार गएका थिए । उनको ३ छोरा र १ छोरी सहित ४ सन्तान रहेका कवारीकी श्रीमति रौशन खातुनले सन्तान पालनपोषण गर्न धौधौ भएको बताउंदै आर्थिक सहयोगका लागि सबै पक्षसित आग्रह गरिन ।

संस्थाका शिवेन्द्र रोहिताले उक्त रकम स्थानीय भद्र भलाद्मी, युवा, समाजसेवी सबैको उपस्थितिमा कवारीकी पत्नी रौशनीलाई रकम हस्तान्तरण गरेका थिए ।

बैदेशिक रोजगारीको क्रममा मृत्यू भएमा “महिनाको केवल १ रियाल, मृतक परिवारहरुको नाम” अभियान संचालन गरेर निरन्तर सहयोग गर्दै आएको संस्थाका सक्रिय सदस्य रोहिताले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.