
हुलाकी न्यूज, काठमाडौं २ असोज । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मधेश आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचारमा लागेको खर्च विवरण, शहीद घोषणा हुन बाँकी १६ जनाको नामावली र आन्दोलनकारीमाथि लागेको मुद्दाको विवरण बुझाएको छ ।
मोर्चाका नेताका मनिष सुमनसहितको एक टोलीले आइतबार सो विवरण कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएको हो ।
गृहमन्त्री निधिले मधेशी मोर्चाले बुझाएको विवरणमाथि छिट्टै प्रक्रिया अगाडि बढाएर सम्बोधन गरिने बताए । उनले आन्दोलनकारीमाथि लागेको मुद्दा फिर्ताबारे छलफल भइरहेको बताए ।



