Upendra_yadav_Lafing
हुलाकी न्यूज, काठमाडौं १ भदौ ।
हुलाकी राजमार्ग नेपाल सरकारले अहिले बन्न नदिने मनसायमा रहेको आरोप संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले लगाएका छन् । अध्यक्ष यादवले हुलाकी राजमार्ग निर्माण भए मधेशको विकास हुने भएकोले नेपाल सरकारले मधेशको विकास नचाहेको बताए ।

मधेशी पत्रकार संघ र मिडिया फोरम बोर्डर हारमोनीको आयोजनामा काठमाडौंमा भएको नेपाल–भारत समिट २०१६ मा बोल्दै अध्यक्ष यादवले नेपाल सरकारले मधेशको विकास गर्न नचाहेको आरोप लगाए ।

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष यादवले भने,‘नेपाल सरकारले अहिले हुलाकी राजमार्ग निर्माण हुन दिने छैन । किनभने उसले मधेशको नभई पहाडको विकास गर्दैछ । कहिले भारतको नाउँमा त कहिले सम्झौताको नाउमा सरकारले हुलाकी राजमार्गको काम रोकेको छ ।’

भारतले गर्दै आएको सहयोग मधेशका लागि फलदायी हुन नसकेको आरोप यादवले लगाए । अध्यक्ष यादवले सुगौली सन्धीको आधारमा मधेशलाई नेपालमा गाभिदा मधेशीमाथि कुनै अत्याचार नगर्ने सन्धीमा उल्लेख रहेको बताए । तर अहिले मधेशीमाथि दमन, अन्याय जारी रहेको यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.