iom_tu
हुलाकी न्यूज, काठमाडौं १ असोज ।
संयुक्त मधेशी विद्यार्थी मोर्चाले त्रिभुवन विश्व विद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानमा आइतबारदेखि अनिश्चितकालका लागि तालाबन्दी गर्दैछ ।

चिकित्सा अध्ययन संस्थानले सर्वोच्च अदालतले दिएको समानुपातिक समावेशी सम्बन्धी आदेशलाई अटेर गरेको तथा विद्यार्थी संगठनहरुसँग भएको सहमतिको उल्घंन गरेको भन्दै विद्यार्थी मोर्चाले तालाबन्दी गर्न लागेको हो ।

शनिबार तराई–मधेश विद्यार्थी फ्रण्टको कार्यालयमा बसेको विद्यार्थी मोर्चाको बैठकले आइतबारदेखि संस्थानमा तालाबन्दी गर्ने निर्णय गरेको हो ।

हालै सर्वोच्च अदालतले स्वास्थ्य अध्ययन संस्थानहरुमा समानुपातिक समावेशीको आधारमा भर्ना गर्न र सोही आधारमा छात्रबृत्ति उपलब्ध गराउन आदेश गरेको थियो । त्यसपछि त्रिवि चिकित्सा अध्ययन संस्थानले विद्यार्थी संगठनहरुसँग उक्त आदेश पालना गर्ने सहमति पनि गरेको थियो ।

तर शुक्रबार संस्थान यस वर्ष तयारी पुरा नभएको भन्दै अर्को वर्षदेखि समानुपातिक समावेशी लागु गर्ने सूचना जारी गरेपछि मधेशी विद्यार्थी मोर्चा आक्रोसित बनेको छ । मोर्चाले आइतबार विहान जम्मा भएर तालाबन्दी गर्ने कार्यक्रम तय गरेको विद्यार्थी फ्रण्टका अध्यक्ष मनिष मिश्राले हुलाकी न्यूजलाई बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.