हुलाकी न्यूज, काठमाडौं ३१ भदौ । संविधान जारी भएको दिन असोज तीन गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले कालो दिवस मनाउँदै प्रदर्शन गर्ने निर्णय गरिसकेको छ । यता बिहीबार नेकपा एमालेको स्थानीय समिति बैठकले अजोस तीन गते संविधान दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ ।
मधेशी मोर्चाले असोज दुईगतेदेखि नै विभिन्न कार्यक्रम गरी चारगतेसम्म विरोध गर्ने निर्णय गरेको छ ।
एमालेले असोज तीन गते नेपालभरी विभिन्न कार्यक्रमसहित रैली प्रर्दशन गर्ने सचिव प्रदिप ज्ञावालीले जनाएका छन् ।
असोज तीन गते मधेशी मोर्चाले पनि सदरमुकामहरुमा रैली तथा सभागरी विरोध गर्नेछ र एमालेले पनि सोही समयमा रैली तथा सभा गर्ने भएकाले अधिकांश स्थानमा झडप हुने सम्भावना रहेको छ ।
यता काठमाडौंमा पनि मधेशी र एमाले कार्यकर्ताबीच झड्प हुन सक्नेछ । असोज तीन गते मधेशी युवाहरुको अगुवाईमा मधेशी समाजको व्यानरमा काठमाडौंमा प्रदर्शन हुनेछ । सोही दिन एमालेले काठमाडौंको विभिन्न स्थानबाट बाँजागाँजासहित प्रदर्शन गर्दै शान्तिबाटीका पुग्नेछ । दिउँसो २ बजे बसन्तपुरमा पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गर्नेछ ।



