हुलाकी न्यूज, जनकपुरधाम २ आश्विन । जारी मधेश आन्दोलनमा प्रहरीको गोलीबाट जनकपुरधाममा मारिएका तीन जनाको परिवारलाई राहत प्रदान गरिएको छ ।
शुक्रबार मधेश राहत कोषबाट तीनै जनाको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको हो ।
कोषका संयोजक कृष्ण चन्द्र प्रसाद साहले हुलाकी न्यूजालाई दिएको जानकारी अनुसार प्रत्येक परिवारलाई ५० हजारको दरले प्रदान गरिएको छ ।
साहले दिएको जानकारी अनुसार धनुषा जमुनियाका स्व. नितु यादवका मातापितालाई रकम प्रदान गरिएको छ । त्यस्तै धनुषा महेन्द्रनगरका स्व.संजय चौधरीको मातापितालाई पनि राहत प्रदान गरिएको छ । त्यस्तै धनुषा अरेरवाका स्व.दिलिप यादवका मातालाई रकम प्रदान गरिएको छ । स्व.दिलिपका पिता बैदेशीक रोजगारमा छन् ।
जारी मधेश आन्दोलनमा प्रहरीको गोली लागि एकै दिन तीनै जनाको मृत्यु भएको थियो ।
कोषका संयोजक साहका अनुसार मधेश राहत कोष प्राकृतिक विपदी तथा मानवीय क्षतिको समयमा राहतका लागि काम गर्नेछ र यसले निरन्तर काम गर्नेछ ।







