Sunil_sahहुलाकी न्यूज, न्यूर्योक ३० भदौ । अमेरिकामा रहेका मधेशीहरुको छाता संगठन एशोसिएशन आफ नेपालीज् तराईन् इन अमेरिका (एन्टा)को चौथो महाधिवेशनबाट सुनिल साहको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रामनरेश पाण्डे, महासचिवमा संगित रौनियार, कोषाध्यक्षमा नविल कुमार साह र सदस्यहरुमा शोभा मण्डल, मधु साह र चेतनारायण यादव रहेका छन् ।

‘मधेशी एकता पहिचान, स्थिरता र सम्बृद्धिका लागि’ नाराका साथ सम्पन्न भएको एन्टाको चौथो महाधिवेशनको उद्घाटन अमेरिकाका लागि नेपाली राजदुत डा.अर्जुन कुमार कार्कीले गरेका थिए । कार्यक्रममा अमेरिकाको विभिन्न राज्यबाट करिब १ सय ४० जनाभन्दा अधिक प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

महाधिवेशनमा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरु सम्मानित भएका थिए । अन्य संस्थाका प्रतिनिधिहरुले पनि एन्टाको सफलताको कामना तथा शुभकामना व्यक्त गरेका थिए । एन्टाका केही व्यक्त असन्तुष्ट रहे पनि कार्यक्रम सफलता पूर्व सम्पन्न भएको महाधिवेशन समितिका संयोजक एवं निर्वतमान अध्यक्ष डा.जेपी साहले बताए ।

anta_usa

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.