pm-madhesh-morcha
हुलाकी न्यूज, काठमाडौं २९ भदौ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले सरकारबाट समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । बुधबार प्रधानमन्त्रीले बोलाएको छलफलमा मोर्चाका शिर्ष नेताहरु अनुपस्थित भएपनि दोस्रा तहका नेताहरुले सरकारबाट समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।

छलफलमा मोर्चाको तर्फबाट सबभन्दा अगाडि बोल्दै नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल कुमार झाले सरकारबाट समर्थन फिर्ता लिने चेतावनी दिए । वर्तमान सरकारले मोर्चाका मागहरु पुरा गराउने प्रक्रियामा अगाडि नबढाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी झाले दिएका थिए ।

छलफलमा अशोक राई, लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्लासहितका नेताहरुले केही उपलब्धी भएको बताउँदै संशोधन बाँकी रहेको बताएका थिए । ती नेताहरु नरम भएर प्रस्तुत भएपनि अन्य नेताहरु आक्रमक रुपमा प्रस्तुत भएका थिए ।

प्रधानमन्त्रीको बैठक बहिस्कार गरेका तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो काठमाडौंमा हुँदाहुँदै पनि छलफलमा सहभागी भएनन् । त्यस्तै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीको कुरा पुरानो भइसकेकोले छलफलमा सहभागी भएनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.