pm-madhesh-morcha
हुलाकी न्यूज, काठमाडौं २९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनका लागि सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नजिक रहेको बताएका छन् ।

बुधबार दिउँसो मधेशी मोर्चा र संघीय गठबन्धनका नेताहरुसँगको संयुक्त बैठकमा बोल्दै प्रधानमन्त्रीले थप विश्वासको वातावरण बनाउन दुवै पक्षबाट पहल गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले भने, ‘संविधान संशोधन गरेर संविधानको स्वीकार्यता बढाउने कुरामा सरकार गम्भीर छ । त्यसका लागि दुवै पक्षबाट थप पहल गर्न जरुरी छ ।’

साथै उनले संविधान संशोधनको विषयसँग भारत भ्रमणको कुनै सम्बन्ध नभएको बताए । संविधान संशोधन देशको आन्तरिक मामिला भएको बताएका छन् ।

बैठकमा संघीय गठबन्धन र मधेशी मोर्चाका नेताहरुले भ्रमणको सफलताको शुभकामना दिँदै देशको आन्तरिक मामिला छिटो हल गरेर संविधानको कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.