
हामीलाई संविधान चाहिदैन ! यस्तो भन्ने शायद यस देशमा कोई नेपाली छैन । संबिधान सबै नेपालीलाई चाहिएको हो तर जारी भएको संविधान सबै नेपालीको भावना अनुरुप भएन। देशका दुई तिहाइ जनता आज पनि आफ्नो अधिकार सुनिश्चित गराउन निरन्तर संघर्षरत् रहेको छ ।
यता देशको प्रमले र सत्ता साझेदार दलहरुले पनि मानेको छ कि जारी भएको संविधान अपूर्ण रहेको छ र चांडै नै संसोधन प्रक्रियाबाट पूर्ण गरिन्छ तर प्रमको भनाइ बोलीमा मात्र सीमित रहेको देखियो, व्यवहारमा लागु भएन ।
सत्ता पक्षले गरेको सहमतिलाई कार्यान्वयन गराउन दवाब दिनकै निमित असोज ३ गते मधेशी समाजद्वारा माइतिघर मण्डेलामा शान्तिपूर्ण सांकेतिक विरोध कार्यक्रम आयोजना हुन गइरहेको छ ।
यो सांकेतिक विरोध कार्यक्रम कुनै जात, समुदाय, व्यक्ति विशेष, पार्टी, संघ-संस्था आदि को विरोधमा नरहेर विशुद्ध रुपमा आफ्नो अधिकार सुनिश्चित गराउनका लागि र विभेदित संविधानलाई विरोध गर्नको निमित हुन् लागेको छ ।
राम्रो काम गर्ने महात्मा गान्धी, अब्राहम लिंकन, बेनजिर भुट्टो, राजीव गान्धी, राजा वीरेन्द्र, मदन भण्डारी, भीमदत्त पन्तको हत्या गरियो । गंगालाल, धर्मभक्त, दशरथ चन्द, शुक्रराज शास्त्री, लखन थापालाई फाँसी दिईयो ।
नेल्सन मण्डेलालाई २५ बर्ष जेल हालियो, बिपी कोईरालालाई २२ बर्ष जेल हालियो, आङ साङ सु की, पुष्पलाल, गणेशमान सिंहलाई बर्षौसम्म नजरबन्द र जेल हालियो । देवकोटा, गोपाल प्रसाद रिमाल, भूपी शेरचनलाई पागल घोषणा गरियो ।

त्यसैले आफूअनुकुल भएन भनेर तथानाम गाली गर्ने जन्मजात अन्धभक्त विरोधीहरूको पछि नलागौं । यसले उनीहरूको हैसियत र पृष्ठभूमी देखाउँछ । देश र जनताको हितका लागि सत्य बोल्न नडराऔं, किनकि सत्य बोल्ने न्यूटन, ग्यालिलि, आईस्टाईन, डार्बिन, मेण्डल, स्टेफन हकिंन्सलाई पनि अनेक यातना दिईयो, देशद्रोही घोषणा गरियो । तर सत्य बुझ्दै गएपछि पुरै संसार उनीहरूकै पछि लाग्यो ।
हाम्रो सत्यको लडाईमा तपाई सबैको साथको आवश्यकता छ । देशले शान्ति र विकाश खोजेको छ तर आफ्नै देशको जनतालाई पेलेर, उनीहरुको अधिकार कुण्ठित गरेर कहिले पनि देश समृद्धिको बाटोमा जान्दैन ।
निर्दोष जनताको रगत बाट लेखिएको विभेदित संविधानको विरोधमा विश्वभरि कै उपेक्षित जनताहरले अशोज ३ गतेलाई कालो दिन मार्क गरि पहिलो वार्षिकोत्सवको रुपमा विरोध स्वरुप विभिन्न दवाबमुलक कार्यक्रमहरुको आयोजना गर्न गईरहेको छ ।
असोज ३ गते कालो दिन र ब्लाक आउट किन? वारे गठबन्धनले आफ्नो धारणा सार्वजनिक गरेको छ :
शहिदहरुको रगतले रक्त रन्जित संविधान पुर्न रुपमा अस्विकार गर्न र बहुसंख्यक जनताको पहिचान सहितको संविधान स्थापित गर्न !
१.समानता मुखले होइन ब्यभहार र संविधान मा स्थापित गर्न !
२.समाबेसी मात्र होइन समानुपातिक समाबेसी संबिधानको धाराहरुमा लेखन दवाब दिन !( राज्यको सबै अंग र तहमा)
३.सिमाङ्कन राज्य पुनर्संरचना आयोगले ल्याएको ११ प्रदेसको अबधारना अनुसार गर्न दबाब दिन !(जस्ले बहुजातीय रास्ट्रयता र पहिचानलाइ समेटन सक्छ!)
४.सबै खाले नस्लवादी षडयन्त्रहरु को अन्त गर्न !
५.एकल जातिय बर्चस्व,भाशा,भेषलाई आधार मानेर राज्यको पुनर्संरचना गर्ने नस्लवादी शासकीय मानसिकता मा पुर्न्बिराम लगाउन !
६.समान जनसंख्याको आधारमा प्रतिनिधित्व गर्ने राज्यको सबै तहमा निर्वाचन क्षेत्र कायम गर्न दबाब दिन !(कहिँ ५००० र कहिँ ५००००० होइन)
७.प्रचण्ड सरकार ले गठबन्धन संग गरेको ३ बुंदे सहमति तत्काल कार्यान्वयन गर्न दबाब दिन !
८.हाम्रो मांग सम्बोधन नभए सम्म हाम्रो आन्दोलन जारी रहन्छ र जारी छ !
९.२०७३/०६/३ गते देसका सबै जिल्लामा कालो दिवस,ब्लाक आउट तथा गा बि स र नगरपालिकाहरुमा कालो झणडा गाडने र कालो झणडा ब्यानर सहित सबै जिल्लाका सदरमुकामहरुमा बिरोध प्रदर्शन गर्ने गठबन्धन ले निर्णय गरेको छ ! उक्त निर्णय कार्यान्वयन गर्न गराउन !
१०.अधिकार प्राप्तिको संघर्षमा शहादत प्राप्त गर्नु भएका माहान शहिदहरुको यादमा असोज ४ गते सबै जिल्लाका सदरमुकामहरुमा श्रद्धान्जली सभा गरि थप उर्जा प्राप्त गरि संगठित भइ आन्दोलनकालागी तैयार रहन !
११.मुलुकको भावनात्म एकीकरण गर्दै सम्पुर्ण उत्पीडन बाट मुक्ति दिलाउन र पहिचान सहितको संघिय गणतन्त्र नेपाल स्थापित गर्न!



