sadbhawana_sampark_manch
हुलाकी न्यूज, काठमाडौं २९ भदौ ।
सदभावना पार्टीले नेपालमा बस्दै आएका भारतीयहरुको पनि संरक्षण गर्न पार्टी सम्पर्क मञ्च निर्माण गरेको छ । भारत घर भई काठमाडौंमा विभिन्न पेसामा रहेका भारतीयहरुलाई एकतृत गरी सदभावना पार्टीले भारतीय आप्रवासी काठमाडौं सम्पर्क मञ्च स्थापना गरेको छ । उक्त मञ्चको अध्यक्षमा अशोक ठाकुर चयन भएका छन् ।

त्यस्तै मधेशका १२ वटा जिल्लाको सम्पर्क मञ्च पनि गठन तथा पुर्नगठन गरिएको छ । सम्पर्क मञ्चका प्रभारी पल्टन ठाकुरको अध्यक्षतामा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको आतिथ्यमा सम्पर्क मञ्चहरु निर्माण गरिएको हो । मंगलबार काठमाडौंको एक पार्टी प्यालेशमा कार्यक्रमको आयोजना गरी सम्पर्क मञ्चहरु स्थापना गरिएको हो ।

पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता उपेन्द्र महतोका अनुसार काठमाण्डौमा आफ्नो भाषा, सभ्यता, संस्कृतीको जगेर्ना एवं सद्भावना पार्टीको उद्देश्य नीति तथा सिद्धान्तलाई देशभरी नै स्थापित गराउने उद्देश्यका साथ देशका विभिन्न जिल्लाहरुबाट काठमाण्डौ आएर बसोवास गरिरहेका सद्रभावना पार्टी समर्थितहरुको वृहत भेला बाट १२ जिल्लाको सम्पर्क मञ्च स्थापना गरिएको छ ।

सदभावना सिरहा काठमाण्डौ सम्पर्क मंच अध्यक्षमा राजाराम ठाकुर, सदभावना धनुषा काठमाण्डौ सम्पर्क मंचमा अध्यक्ष राजेन्द्र साह, सदभावना वर्दिया काठमाण्डौ सम्पर्क मंचमा अध्यक्ष राजिव वर्मा, सदभावना सुनसरी काठमाण्डौ सम्पर्क मंच अध्यक्षमा विनोद साह, सदभावना महोत्तरी काठमाण्डौ सम्पर्क मंच अध्यक्षमा रणधिर कुमार यादव चयन भएका छन् ।

त्यस्तै, सदभावना सर्लाही काठमाण्डौ सम्पर्क मंच अध्यक्षमा राम एकवाल प्रसाद रौनियार, सदभावना बारा काठमाण्डौ सम्पर्क मंच अध्यक्षमा प्रमोद कुमार सिंह, सदभावना पर्सा काठमाण्डौ सम्पर्क मंच अध्यक्षमा प्रहलाद ठाकुर रहेका छन् । यसैगरी, सदभावना रौतहट काठमाण्डौ सम्पर्क मंच अध्यक्षमा लालवावु साह, सदभावना रुपनदेही काठमाण्डौ सम्पर्क मंच अध्यक्षमा डा. प्रेम नारायण श्रीवास्तव, सदभावना सप्तरी काठमाण्डौ सम्पर्क मंच अध्यक्षमा साधना विराजी, सदभावना कपिलवस्तु काठमाण्डौ सम्पर्क मंच अध्यक्षमा प्रमोद कुमार चौधरी र सदभावना किर्तिपुर काठमाण्डौ सम्पर्क मंच अध्यक्षमा महेन्द्र डंगोल सर्वसम्मतले नियुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.