कैलालीं, २ असोज / थरुहट थारूवान संघर्ष समितिले आन्दोलनलाई सशक्त बनाउन भन्दै युवा दस्ता सार्वजनिक गरेको छ । शुक्रबार पहलमानपुर गाविस–९ नक्फोर्वा गाउँमा जिल्लास्तरीय युवा भेला आयोजना गरी दस्ता गठन भएको हो ।

युवा स्वयंसेवक दस्ता गठन गरेका थारू नेताहरूले संविधान जारी हुने ३ असोजमा कालो झन्डासहित प्रदर्शन गर्ने जनाएका छन् । पूर्वपश्चिम राजमार्गको पहलमानपुर बजारबाट झन्डै १५ किलोमिटर दक्षिण एक सामुदायिक वनभित्रको फुटबल मैदानमा भेला आयोजना गरिएको थियो । उनीहरूले ५१ सदस्यीय युवा दस्ताको समिति गठन गरिएकोमा त्यसलाई बढाएर एक लाख सदस्यीय बनाउने योजना रहेको थारू संघर्ष समितिका कैलाली प्रवक्ता माधव चौधरीले बताए ।

तर, थरुहट युवा दस्ता भूमिगत नहुने, हिंसात्मक क्रियाकलाप नगर्ने अथवा हतियार नउठाउने नेताहरूले बताएका छन् । भेलास्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य होरिलाल चौधरीले युवा दस्ताले थरुहट थारूवान आन्दोलनलाई सशक्त, मर्यादित र व्यवस्थित बनाउन सहयोग गर्ने बताए ।

उनले आन्दोलन सुरक्षाको काम पनि दस्ताले गर्ने बताए । एमाओवादीका जिल्ला इन्चार्ज कृष्ण चौधरीले निर्णायक आन्दोलनको तयारीस्वरूप युवा दस्ता गठन गरेको बताए । नयाँ पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.