हुलाकी न्यूज, नयाँदिल्ली २९ भदौ । तेस्रो मधेश आन्दोलनको क्रममा नेपाल सरकारले ५० जनाभन्दा बढी मधेशीहरुको हत्या गरेको भन्दै भारत भ्रमणमा आइरहेका नेपाली प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई पक्राउ गरी कारवाही गर्न माग गरिएको छ ।

मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानुन बमोजिम मानव अधिकार हनन्को घटनामा दोषी देखिएका नेपालका प्रधानमन्त्रीलाई पक्राउ गरी कारवाही गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वभरीका १४ वटा प्रमुख निकायलाई पत्राचार गरिएको छ ।

भारतमा रहेका मधेशी थारुहरुको छाता संगठन युनाईटेड मधेशीले ती निकायहरुलाई पत्राचार गरी मधेश आन्दोलन तेस्रोका क्रममा नेपाल सरकारले ५० जनाभन्दा बढी मधेशीको हत्या गरेको र त्यसअघिका आन्दोलनहरुमा पनि मधेशीको हत्या भएको जनाउँदै नेपाल सरकारलाई मानव अधिकारको कठघरमा उभ्याउन माग गरिएको छ ।

भारत सरकारले मधेशमा भएको नेपाल सरकारको ज्यादती विरद्ध अन्तर्राष्ट्रिय फोरमहरुमा कुरा उठाउँदै आएकोले अहिले त्यस विषयमा छानविनमा सहयोग गर्न भारत सरकारलाई मधेशीहरुले आग्रह गरेका छन् । माओवादी द्धन्द्ध कालमा पनि प्रचण्डको नेतृत्वमा १५ हजार भन्दा अधिक व्यक्तिको हत्या भएको भन्दै त्यस विषयमा पनि छानविन गर्न आग्रह गरिएको छ ।

मधेशीहरुको हत्या गर्ने नेपाल सरकारलाई भारत सरकारले रातो कार्पेट ओछ्याउन लागेको प्रति दुःख व्यक्त गर्दै निश्पक्ष छानविन तथा दोषी नेपाल सरकारलाई कारवाही गर्न आग्रह गरिएको छ ।

modi-1
modi-2 modi-3 modi-4 modi-5

1 COMMENT

  1. गुजरातको दङ्गामा हजारौँ मुसलमानहरूको रगतले हात रङ्गाएका मोदीलाई यो पत्र? हाहाहा। यो भन्दा ठूलो जोक के हुन सक्छ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.