
हुलाकी न्यूज,दुबई २८ भदौ । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैरआवासीय मधेशी संघ(एनआरएमए)को दुबई शाखाले मधेशी मिलन समारोह तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । दुबईको अल नाहदामा २ सय ५० जनाभन्दा अधिक आप्रवासी मधेशीहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा एनआरएमएका दुबई संयोजक डा.रबिन्द्र कुमार यादवले मधेशीहरुको साँस्कृतिक औचित्य बारे चर्चा गर्दै मधेशीहरुको गतिविधि बारे जानकारी गराए । कार्यक्रममा डा.यादवले बक्र इदको अवसरमा सम्पूर्ण मधेशीहरुलाई शुभकामना दिए ।
त्यस्तै एनआरएमएका अन्तर्राष्ट्रिय कार्यबाहक अध्यक्ष बशन्त कुसवाहाले बक्र इदको शुभकामना दिदै मधेश र मधेशीका बारे चर्चा गरे । उनले मधेश बाहिर रहेका मधेशीहरुबीच एकता तथा भाईचाराको आवश्यकता रहेको औल्याए । कुशवाहाले मधेशको साँस्कृतिक पक्षको संरक्षण तथा सम्बद्र्धन गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल मुस्लिम सोसाइटी दुबईका संयोजक फैजल हुसैन, प्रवक्ता नुमान सिद्धकी, शाहनावज अख्तरले पनि बक्र इदको शुभकामना दिए ।
कार्यक्रममा पुप्पु मरिक, ब्रजेश शर्मा सिंह, भोगेन्द्र साह, जगत नारायण मुखियाले गीत संगीत तथा नृत्य प्रस्तुत गरे । त्यस्तै डीआईसी क्षेत्रका मधेशी टिमले ‘हेपायल मधेशी’ हेपिएको मधेशी शिर्षकमा नाटक पनि प्रस्तुत गरेका थिए






हामी पनि दुबै को सारजाह मै छु खोोइ हामी लााइ थााहभएन।