aamaran-ansan1
हुलाकी न्यूज, महोत्तरी २८ भदौ । “सडक बन्छ कि लाश उठ्छ’ भन्दै जनकपुर–भिठ्ठामोड सडकखण्ड ६ लेनको निर्माण हुनुपर्ने मागसहित आजदेखि आमरण अनसन सुरु गरिएको छ ।

वर्षौंदेखि जीर्ण रहेको जनकपुर–भिठ्ठामोड सडकखण्ड (विद्यापति राजमार्ग) निर्माणका लागि महोत्तरी–धनुषा संयुक्त संघर्ष समितिका प्रतिनिधिहरुले आजदेखि आमरण अनसन सुरु गरेका छन् ।

संघर्ष समितिको तेस्रो चरणको कार्यक्रमअन्तर्गत जनकपुर–भिठ्ठामोड सडकखण्डको मध्यभागमा अवस्थित ऐतिहासिक गाउँ पिपरामा आमरण अनसन सुरु गरिएको छ ।

आमरण अनसनमा राम कुमार शर्मा (अध्यक्ष, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद तथा संयोजक, महोत्तरी–धनुषा संयुक्त संघर्ष समिति) सत्येन्द्र यादव (युवा नेता, नेकपा माओवादी केन्द्र), रमण कुमार ठाकुर ‘आर.के.रौशन’ (युवा नेता, तमलोपा) र रञ्जितराज मधेशी (स्वतन्त्र मधेश गठबन्धन) बसेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.