eid
हुलाकी न्यूज, जनकपुरधाम २८ भदौ । मुस्लिम धर्मावलम्बीहरु आज बकरईद मनाउँदैछन् । आज एशियाको विभिन्न देशहरुमा ईद–उल–जोहा मनाउदै छ । यसै क्रममा ईद–उल–जोहाको नमाजÞ अदा गर्न जनकपुरधामको ईदगाहमा जनकपुरका मुस्लिम समुदायहरु भेला हुँदै ।

मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद मुस्लिम धर्मावलम्बीले आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई मनाउँदैछन् ।

आज बिहान स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गर्छन् ।

नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैँसी, भेडा र ऊँट आदि चौपायालाई बलि अर्थात् कुर्वानी दिने प्रचलन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.