ministry-of-home-bakar-eid
अर्कना खातुन,  काठमाण्डौ, २८ भदौ ।  सरकारले मंगलबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले भदौ २८ गते इस्लाम धर्मालम्वीहरुको पर्व बकर र्इद (र्इद-उल-जोहा) परेको हुनाले यस दिन नेपाल राज्यभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

बकर ईदलाई कुर्बानी पनि भनिन्छ । कुर्बानी तीन दिनसम्म मनार्इन्छ । यस दिन नेपाल भरिका इस्लाम धर्मालम्वीहरुले आ–आफ्नो नियम र गच्छ अनुसार अल्लाहतालाको नाममा केहि जनावरको कुर्बानी दिने गरिन्छ । पहिलो दिनमा बिहानै नजिकको मस्जिदमा गएर नमाज पढिन्छ । र एक आपसमा (र्इद-उल-जोहा)को मुबारकबाद दिने गरिन्छ । त्यस पछि ठाउँ अनुसार जनावरको कुर्बानी गरिन्छ । कुर्बानी गरिएको मासुलाई नियम अनुसार बराबरी तीन भाग लगाईन्छ । एक भाग आफुलाई, दोश्रो भाग आफ्ना ईस्टमित्रलाई भने अर्को भाग गरिबलाई दिने चलन रहेको छ । यसै गरि एक आपसमा रमाइलो गरि र ठूलाले सानालाई आषिश तथा उपहार दिँदै मनाईन्छ ।

सरकारले सार्वजनिक विदा दिएको भएता पनि जावलाखेल स्थित डि.ए.भि शुसिल केडिया विश्व भारति स्कुल लगायत उपत्याका केहि निजी स्कुलहरुले विदा नदिएको गुनासो केहि मुस्लिम अविभावकहरुले गर्दै थिए । आफ्नो नाम सार्वजनिक नगर्दिन आग्रह गर्दै भने सरकारले बिदा दिने निर्णय दिइ सके पछि कमसेकम एक दिन त विदा दिनै पर्ने थियो । उनले भने, त्यस माथि पर्वकै दिन परिक्षा राखिदिएर झन अफ्ट्यारोमा पारिदिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.