jitendra-dev
हुलाकी न्यूज, काठमाडौं २७ भदौ ।
सरकारमा सहभागी नभए पार्टी नै फुटाउने धम्की दिदै आएका मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) नेता जितेन्द्र नारायण देवले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको खुलेरै चाकडीमा लागेको आरोप फोरम लोकतान्त्रिकका नेताहरुले लगाउन थालेका छन् ।

फोरम लोकतान्त्रिक पार्टी फुटको संघारमा पुगेपछि सरकारमा सहभागी हुन पार्टी अध्यक्ष विजय कुमार गच्छदार राजी भएका छन् । सोही अनुसार यस पटक गच्छदार बाहेकका दुई जना मन्त्री बन्ने छलफल चली रहेको छ ।

फोरम लोकतान्त्रिका नेताहरुका अनुसार नेता देवले राम्रो मन्त्रालय पाउन र प्रचण्डको नजरमा राम्रो देखिन आईतबार काठमाडौंस्थित रिपोर्टस् क्लवमा पत्रकार सम्मेलन गरी प्रचण्डको गुनगान गरेका थिए ।

त्यस्तै सोमबार नेता देवले व्यवस्थापिका संसदमा पनि प्रचण्डको गुनगान गरेका छन् । व्यवस्थापिका संसदमा प्रचण्डको पक्षमा बोल्दै देवले प्रचण्डलाई कसैको दबाबमा नपर्न आग्रह गरेका थिए ।

हुलाकी न्यूजसँग कुराकानी गर्दै फोरम लोकतान्त्रिकका नेताहरुले भने,‘पार्टीभित्रको आदिवासी जनजातिको कोटाबाट सांसद बनेका जितेन्द्र जी यस पटक जसरी भए पनि मन्त्री बन्ने दाउमा हुनुहुन्छ । उहाँले मन्त्री बन्न पार्टी फुटाउन नै लाग्नु भएको थियो धन्न हामीले जोगाएका छौं । अहिले देव जीले प्रचण्डको खुलेरै चाकडी गरेको हेर्दा मधेशीकै बेइजती भएको महसुस हुन्छ ।’

नेता देव फोरम लोकतान्त्रिकमा बौधिक नेताका रुपमा चिन्हिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.