11-madheshi-party
हुलाकी न्यूज, बीरगञ्ज २७ भदौ । मधेशमा सक्रिय ११ वटा साना पार्टीहरुले एकैसाथ संविधान जलाउने भएका छन् । नयाँ संविधान मधेश विरोध रहेको ठहर गर्दै ११ वटै पार्टीले मधेशका जिल्लाहरुमा संविधान जलाउने निर्णय गरेका छन् ।

बीरगञ्जको एक होटलमा आयोजित ती दलका नेताहरुको बैठकले असोज तीन गते संविधानको विरोध गर्नुका साथै संविधान जलाउने निर्णय गरेको हो ।

वर्तमान सरकारमा रहेका पार्टी तथा सरकारलाई समर्थन गरेका मधेशवादी पार्टीहरुले पनि मधेशको समस्या समाधान गर्न नसकेको भन्दै अव साना पार्टीले नेतृत्व लिनु पर्ने निष्कर्ष पनि निकालिएको छ । ती दलहरुबीच कार्यगत एकताका विषयमा पनि छलफल भइरहेको जनाइएको छ ।

बैठकमा नेपाल समाजवादी पार्टी (लोहियावादी) का प्रमोद कुमार, तराई मधेश राष्ट्रिय अभियानका शिपु तिवारी, मधेश तराई फोरम पार्टीका विजय यादव, नेपाल सदभावना पार्टी (गजेन्द्रवादी) का बिनय चौरसिया, युनाइटेड नेपाल रिपब्लिकन पिपुल्स पार्टीका बिजय ठाकुर, बहुजन समाज पार्टीका रामदयाल पासवान, लोकतान्त्रिक पार्टी नेपालका हरि सिहं सिहंनियालगायतका नेताहरु सहभागी रहेको नेपाल समाजवादी पार्टी (लोहियावादी) का राष्ट्रिय अध्यक्ष नन्दन यादव प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.