birgunj_kutpit
हुलाकी न्यूज, काठमाडौं २७ भदौ ।
गैरमधेशी कर्मचारीहरुबाट वीरगन्ज उपमाहानगरपालिका कार्यालयका प्रशासन प्रमुख रामदयाल प्रसाद यादव र कार्यालय सहयोगी महादेव यादव कुटिएका छन् । जसमध्ये महादेव यादवलाई अस्पताल भर्ना गरिएको छ ।

शुक्रबार भएको उक्त घटनाको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साले भत्र्सना गर्दै कारवाहीको माग गरेको छ । यता प्रशासन प्रमुख यादवले जिल्ला प्रशासन कार्यालयमा कारवाहीको माग गर्दै निवेदन दर्ता गराएका छन् ।

प्रमुख यादवमाथि उपमाहानगर पालिकाकै गैरमधेशी कर्मचारीहरुले तलब भत्ता बृद्धि गर्नु पर्ने र करारमा रहेकाहरुको म्याद थप गर्नु पर्ने भन्दै कर गरेका थिए । यादवले आफुसँग त्यस्तो अधिकार नरहेको बताए पनि ती कर्मचारीहरुले कुटपिट गरेको यादवद्धारा जिल्ला प्रशासन कार्यालयमा बुझाइएको निवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै अर्का कार्यलय सहयोगी यादवमाथि पनि कुटपिट भएको छ । अवस्था गम्भीर भएपनि दोषीहरुमाथि कारवाही नभएको भन्दै मधेशी मोर्चाले भत्र्सना गरेको छ । ‘उनीमाथी आक्रमण गर्नेहरु उपर कारवाहीको कुनै प्रक्रिया बढेको छैन, मोर्चाले आइतवार जिल्ला प्रसाशन कार्यालय पर्सामा बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘साम्प्रदायिक चिन्तनले प्रेरित भई मुख्य दोषीहरुलाई बचाउने र प्रतिक्रियास्वरुप भएको घट्नालाई उचाल्ने गुटबन्दी भइरहेको छ ।‘

कार्यालय सहयोगी महादेव यादवलाई कुटपीट गर्ने राजेश क्षेत्री र राजेन्द्र नेपालीलाई निलम्बन गरी कानून बमोजिम मुद्दा चलाउन र कार्यकारी अधिकृत विष्णु कोइराला तथा प्रसाशकीय अधिकृत रामदयाल यादवसंग भएको कुटपीटको घट्नाको निष्पक्ष छानवीन गर्ने माग मोर्चाले अगाडि सारेको छ ।

1 COMMENT

  1. स्वतन्त्र मधेश की झण्डा उठानेको कहु तो बुरा लग्ता है आप लोग को। देखिये नेपाली राजमे क्या हस्त्र होती है मधेशी की। अधिकार के रोग से ग्रसित मधेशी मोर्चा को कैसे सम्झाया जाए की नेपाली साम्राज्य मे मधेशी का कोई भविष्य नहीं।
    आईन्सटाइन का एक थ्योरी है इनस्यानिटि के उपर। आप एक हि काम को चाहे बार बार करे नतिजा नहीं बदलने वाले। जब अधिकार के लीये मधेशी जनता पिछले 65साल से संघर्षरत है और कोई उपलब्धि नहीं तो अब क्या होगा। इसका एक हि निराकरण है; सवराज। स्वराज लाओ और हमेशा के लीये। समाधान पाओ।
    नेपाली उपनिवेश अन्त हो मधेश देश स्वतन्त्र हो।
    जय मधेश अपना देश।

    Er. Rameshwar Prasad Singh
    Durgapur-3, Siraha (Madhesh)
    9862973120

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.