youn-durachari
हुलाकी न्यूज, काठमाडौ २७ भदौ । बाल यौन दूराचारमा संलग्न एक अमेरिकी नागरिकसहित एक नेपाली नागरिक पनि पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले बाल यौन दुराचारमा संलग्न अमेरिकी नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ ।

अमेरिकी नागरिक ४८ वर्षीय केन्नेथ जोसेफ कूम्बस र बाल यौन दुराचारका निम्ती उनलाई सहयोग गर्ने काठमाडौं स्वयम्भू बस्ने २१ बर्षीय लुच्चे भन्ने बुद्ध पुतवारलाई शुक्रबार ठमेल स्थित याम्बु होटलबाट पक्राउ गर्नुका साथै ५ जना पीडित बालकहरूलाई सोही होटल परिसरबाट प्रहरीले उद्धार समेत गरेको छ ।

अमेरिकी नागरिकले पटक–पटक नेपाल आई हाल भाद्र ७ गतेदेखि निरन्तर होटलमा बसी आफ्नो सहयोगी मार्फत बिभिन्न स्थानहरूबाट दर्जनौं नेपाली बालबालिकाहरूलाई बिभिन्न प्रलोभनमा पारी आफु बसेको होटलसम्म ओसारपसार गर्न लगाई बाल यौन दुराचार तथा यौन शोषण समेत गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरू उपर काठमाडौँ जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसार पसार र बाल यौन दुराचार मुद्दाअन्तर्गत म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । फोटो : कान्तिपुरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.