Upendra_mahato– उपेन्द्र महतो

एक पटक एक जना नेताले आफ्नै गाउको सभालाई सम्बोधन गरिरहेका थिए । गाउँकै सभा भएकोले नेताको श्रीमती पनि सभामा उपस्थित थिइन् । नेताले सम्बोधन क्रम सुरू गरेछन् ‘आदरणीय उपस्थित जनसमुदाय, दाजु–भाई तथा दिदीबहिनीहरू सबैमा नमस्कार’ । (यति भन्दै गर्दा नेतालाई स्मरण हुन्छ की भिड़मा मेरो श्रीमती पनि छ, र मैले सबै महिलालाई दिदीबहिनीहरू भने तसर्थ उसले संच्याउँदै भन्छन्) ‘आदरणीय उपस्थित जनसमुदाय, दाजु–भाई तथा भीमको आमा बाहेकका दिदीबहिनीहरू सबैमा नमस्कार’ । भीम नेताको छोराको नाम हुन्छ ।

के एमालेका नेताहरूले मधेशीहरू प्रती अभिब्यक्त गर्ने शब्दहरूले मधेशीलाई होच्याउदा वा विभेद गरिरहँदा माथिका नेताले भनेझै भीमको आमा बाहेक यानि एमालेमा लागेका मधेशी बाहेकलाई मात्र हो ?

के शंकर पोखरेलले ट्वीटमा ‘मधेशी जनता अधिकांश कालो वर्णका छन् । मधेशी मोर्चाले असोज ३ लाई कालो दिवस भनेर त्यहाँका जनताको सम्मान गर्न खोज्या कि अपमान ? बुझ्न गाह्रो भो ।’ लेखिरहँदा एमालेमा लागेका लालबाबु पण्डित, लालबाबु यादवलगायत बाहेकका मधेशीलाई भन्न खोजेको हो ? के एमालेमा लागेका लालबाबु पण्डित, लालबाबु यादवको बेइजत भएन । यिनीहरूलाई यती बेइ्जÞत गरिरहँदा पनि कुनै असर पर्दैन ?

एमाले पार्टीको शिर्ष नेताहरूको अभिब्यक्ती सुन्दा एमाले पार्टी मधेशीहरूलाई अपमान गर्ने स्कूल, कलेज मात्र नभई बिश्वविद्यालय नै हो जस्तो लाग्छ ।  किनकी पार्टी नेताहरूदेखि लिएर भातृ संगठनका नेताहरू पनि मधेशी, आदिवासी जनजाती, दलित, महिला, मुस्लिम लगायतलाई अपमानित गर्ने होड़ नै लागेको हुन्छ । मानौ की एमालेमा मुल्याकंन नै मधेशी, आदिवासी जनजाती, दलित, महिला, मुस्लिम लगायतलाई अपमानित, अपहेलित, गाली गरेको आधारमा हुन्छ । जस्ले जती बढी अपमानित, अपहेलित, गाली गर्यो उसको एमालेमा त्यती नै बढी मुल्याकंन हुन्छ ।

एमालेका सुप्रीमो एंव अध्यक्ष नै नेपालको प्रधानमन्त्री जस्तो गरिमामय पदमा छँदा त मधेशीले हुलाकी राजमार्गमा बनाएको मानव साँग्लोलाई माँखे साँग्लो जस्तो तुक्ष शब्द प्रयोग गरेर आन्दोलनरत सम्पूर्ण मधेशी, आदिवासी जनजाती, दलित, महिला, मुस्लिम लगायतलाई अपमानित गर्यो । तत्कालिन प्रधानमन्त्री ओलीकै प्रहरीको गोलीले मधेशी मारिरहदाँ ‘केही पाकेको आँप झर्दैमा केही हुँदैन’ जस्ता अभिब्यक्ती दिएर एमालेको नजरमा एक मधेशीको ज्यानको मुल्य कती छ भन्ने स्पस्ट हुन्छ । त्यति मात्र हैन मधेशमा आन्दोलनरत मधेशी, आदिवासी जनजाती, दलित, महिला, मुस्लिमलगायतलाई ओलीले मधेश प्रदेश चाहिने हो भने भारतको यूपी, बिहार गए हुन्छ जस्ता तुक्ष अभिब्यक्ती दिएका थिए ।

एमाले पार्टीका पूर्व सुप्रीमो एंव पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल मधेशी कै समर्थनमा सभासद बन्छन् तर कहिले तिनीहरूको अधिकारको कुरा गर्दैन र आन्दोलन ताका जब आन्दोलीत माधवका भोंटरहरूले उनको बिरोध गर्छ तब आन्दोलनरत सम्पूर्ण मधेशी, आदिवासी जनजाती, दलित, महिला, मुस्लिम लगायतलाई संस्कार बिहीन भन्दै अपमानित गर्छ ।

एक अर्का एमाले पार्टीका पूर्व सुप्रीमो एंव पूर्व प्रधानमन्त्री झलनाथ खनालको अभिब्यक्ती पनि मधेशीलाई कम अपमानित गर्ने छैन् ।  काठमाण्डौमा केही रोड छापले मधेशीहरूलाई अपमानित गर्ने भाषा ‘धोती’ खनालले प्रयोग गर्दै सम्पूर्ण मधेशी समुदायलाई नै अपमानित गर्यो । एकतिर मधेशी समुदायलाई अपमान गर्ने र अर्कोतर्फ सोही समुदायको मतको अपेक्षा गर्दै सर्लाहीबाट चुनाव पनि लड्नुले मधेशीहरूलाई एमालेहरूले कहिले पनि करदाता र मतदाता भन्दा बढी न लिएको देखियो ।

कस्तो बिडम्बना छ, एमालेले दोस्रो संबिधान सभामा मधेशबाट त्यही काले, धोती, संसकार बिहिन, माँखेको मतले बढी सभासद र मतसमेत प्राप्त गरेको छ । तर त्यही मतदाताले समानुपातिक समावेशी प्रतिनिधित्व, समान नागरिक्ता अधिकार, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र सिमाँकनलाई प्रमुख मुद्दा बनाएर आन्दोलनरत मधेशी दलको छाता मुनी आन्दोलन गरिरहँदा सम्पूर्ण एमाले पार्टी नै आन्दोलनलाई बदनाम गर्ने, आन्दोलनकारीलाई होच्याउने मनसायले उत्प्रेरित र अपमान गर्नमा नै उर्जा खर्चेके पाईयो । आन्दोलनकारी मधेशीहरूलाई एमालेका कुनै नेताले काले त कुनैले धोती, कुनै नेताले संसकार बिहिन त कुनैले माँखे भन्दै अपमान गरे ।

एमालेमा सदस्यता लिन दुई मुख्य आधार रहेको जस्तो देखिन्छ । यदी सदस्य गैर मधेशी हो भने उसलाई मधेशी, आदिवासी जनजाती, दलित, मुस्लिम, महिलालगायतलाई अपमान गर्न सक्ने खुबी चाहीन्छ र यदी सदस्य मधेशी, आदिवासी जनजाती, दलित, मुस्लिम, महिला हो भने अपमान सहने क्षमता चाहीन्छ । त्यसमाथि आफ्नै समुदायलाई गाली गर्ने क्षमता छ, ‘एक त करेला त्यसमाथि निम चढेको’ भए ‘सुनमा सुगन्ध’ भने झै पार्टीमा छिट्टै प्रमोशन हुने सम्भावना पनि रहन्छ ।

शंकर पोखरेल कै शब्दमा भन्ने हो भने मधेशीहरू एक त काले त्यसमा पनि एमालेहरूको बेइज्जÞती, दुर्ब्यवहार, बिभेद सहने सक्षमतालाई सलाम नै गर्नु पर्छ । मधेशीहरूलाई नेपाली नदेख्ने एमालेको संस्थागत सोंच बिच पनि एमालेमा रहेका मधेशीहरू देख्दा लाग्छ यिनीहरूको आत्मसम्मान मरिसकेको छ । पार्टीका मधेशी नेताहरू पनि केवल ब्यक्तिगत फाईदाको निम्ति तुक्ष पद, पैसा र लोभलालचले आफ्नो पहिचानसम्म बेचेर त्यो पार्टीमा बसिरहेको देखिन्छ ।

लेखक : सदभावना पार्टीका केन्द्रीय सदस्य हुन् ।

4 COMMENTS

  1. Clearly ne ka pa emaley madhesi haru lai extremism ma dhakalne ani pahade lai anti madhesi banauna khojeko chha. Yaso garera pahade bhot paune plan chha emaley ko. Tara yo khel le nepal tukraera rwanda ra Syria banna ber chhaina. Sablai chetana bhaya.

  2. Ko ko xan madhesi neta (a ma le.congress.maubadi party ma.)e sabai le goo khako xa.saale harulai pahad tira khedaunu parxa.uta gae yo madhesi ho vanera feri khedauxa madhes mai.kina lagnu jaha hamro chhala mildaina.

  3. लेखक त सद्भावना को केन्द्रीय सदस्य रहेछ। लेखकलाई नै कहाँ आफनो आत्मसम्मान छ त yadi vaako vaye triskrit vayera pani nepali banna khojdaina thiyo. independent Madhesh ko laagi agaadi badhthyo.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.