Jitendra dev
हुलाकी न्यूज, काठमाडौं २६ भदौ ।
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का नेता तथा सांसद जितेन्द्र देवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणबारे धारणा राख्दै नेपालको हितका कुराहरु प्रष्टसँग राख्नुपर्ने सुझाव दिएका छन् ।

रिपोर्टर्स क्लबले आइतबार आयोजना गरेको एक साक्षात्कार कार्यक्रममा उनले नेपालको आवश्यकता, हित र प्राथमिकतालाई प्रधानमन्त्री प्रचण्डले प्रष्टसँग राख्नुपर्ने सुझाएका छन् ।

उनले प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाल–भारतबीचको सम्बन्धलाई विश्वासको आधारमा अगाढि बढाउनसमेत सुझाव दिएका हुन् ।

नेता देवले अहिलेपनि केहीमा भारतलाई हेर्ने दृष्टिकोणमा प्रतिगामि र आग्रहजन्य धार रहेको भन्दै यस्तो विरासतबाट मुक्त भएर नेपाल र भारत बिचको सम्बन्ध अझ सुदृढ गर्नुपर्ने तर्क राखे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.