anil kumar jha
हुलाकी न्यूज, काठमाडौं २६ भदौ । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मधेशी मोर्चासँग नेपाली कांग्रेस र माओवादीले तीनबुँदे सम्झौता गरेको यतिका दिन भइसक्दा पनि अहिलेसम्म संविधान संशोधन प्रक्रिया अगाडि नबढ्नु दुःखद रहेको बताएका छन् ।

राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा अध्यक्ष झाले तीन बुँदे सहमतिको पहिलो बुँदाअनुसार संविधान संशोधन प्रक्रिया अगाडि बढ्नुपर्ने माग गरेका छन् ।

उनले प्रधानमन्त्रीको विदेश भ्रमणपश्चात् मात्र संशोधन प्रक्रिया अगाडि बढ्छ भन्ने अनौपचारिक धारणाप्रति मधेशी मोर्चाको विमति रहेको बताए ।

उनले प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा नेपालसँग सिमाना जोडिएका भारतीय जिल्लाहरुमा नेपाली रुपैयाँ चल्ने व्यवस्थाका लागि कुरा गर्नुपर्ने सुझाव दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.