
हुलाकी न्यूज, महोतरी, २५ भदौ ।
मंजु देवी नाम भएकी यस महिलाको रीडको हड्डी काम गर्न छोडेको छ । केहि महिना पहिले यिनका उपचार धरानमा गरियो जसमा ‘क्वीक भोलनटियर’ र ‘कोशिश टिम’ ले पहल गरेका थिए । उपचार कै क्रममा मंजु देवीको गर्वबाट एक सन्तानको जन्म पनि भयो ।
मंजुको ससुराली जनकपुर आसपास रहेको छ । हाल श्रीमान साउदी अरबमा काम गर्न गएका छन् । मंजु देवी बिरामी हुने बेला देखि नै ससुराली र श्रीमान सबैले नाता तोडी सकेका हुन् । अहिले उनका हेरचाह र रेखदेख उनकै पिता लालबाबु महतोले गरिरहेका छन् । धरानबाट डिस्चार्ज भएपछि, आफ्नो माइति बसिरहेकी मंजुको देखभाल राम्रोसंग हुन् नसके पछि पुनः स्वास्थ बिग्रेको समाचार आएको छ ।
अहिले तुरन्त धरान लैजानु पर्ने आवश्यकता भएको हुनाले निज पिडित मंजु देवीको लागि धरान लान एम्बुलेन्सको व्यवस्था वा सो एम्बुलेन्स वापत भाडा खर्च रु १०,०००।– र खानपिना खर्च रु ५०००।– तत्काल आवश्यक भएको हुनाले तपाई सबै सहयोगी हातहरुलाई मिलेर सहयोग गर्न अनुरोध छ ।
यो खबर सामाजिक संजालमा पनि राखिएको हुनाले रु १५,९००. रकम उठिसकेको छ । तर त्यस पछिको उपचार खर्चको आवश्यक्ता परेको हुनाले अझ केहि सहयोगी हातहरु चाहिएका छन् ।सहयोग दिनको लागि मंजु देवीको बुवाको मोबाइल नम्बरः 9819862944 अथवा जनकपुर रहेका हाम्रा सहयोगी मों. रियाज साफी को मोबाइल नम्बरः 9844273055 वा सरोज रायको मोबाइल नम्बरः 9841202025 मा सम्पर्क गर्नसक्नु हुनेछ ।



