mahendranagar
अमरेन्द्र कुमार यादव, महेन्द्रनगर २५ भदौ । सहिद संजय चौधरी लगायत मधेश आन्दोलन २०७२ भदौ २५ गतेका दिन प्रहरीद्वारा हत्या गरिएका नितु यादव र दिलिप यादवको सम्झनामा महेन्द्रनगरमा प्रथम स्मृति दिवस मनाइएको छ ।

मधेश र मधेशी जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्मान गर्दै सदभावना लगायत नयाँ शक्ति, माओवादी लगायतका पार्टीका व्यक्तिहरुद्वारा महेन्द्रनगरमा प्रथम स्मृति दिवस मनाइएको हो ।

मधेशी जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन र संविधानमा आफु मधेशी जनताहरुको अधिकार प्राप्तिको लागि आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा स्मृति दिवस मनाईको हो ।

सहिद संजय चौधरी , नितु यादव र दिलिप यादवले मधेशी जनताका लागि दिईएका जिवनको आहुतिलाई स्मरण गर्दै स्मृति दिवस मनाईएको हो ।

६ महिनासम्म भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा यहि भदौ २५ गते ुचलु् जनकपुर भरु जनकपुरु नाराको साथ जनकपुरमा प्रदर्शन गर्न गएका र कर्फयुको अवज्ञा गर्न खोज्दा आन्दोलनकारीहरुलाई प्रहरीले गोली दागी हत्या गरेको थियो ।

स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमा सदभावना पार्टीका सह–महासचिव सुनिता साह, केन्द्रिय सदस्य विभा ठाकुर, केन्द्रिय सदस्य राम प्रताप गिरी, केन्द्रिय सदस्य राजेन्द्र प्रसाद सिंह, नयाँ शक्तिका नेता विजय यादव, नयाँ शक्तिका नेतृ तारा महतो, नेकपा माओवादी केन्द्रका उदय महतो, नागरिक समान लगायत सयौको संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.