हुलाकी न्यूज, काठमाडौं २५ भदौ । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको निवासमा शुक्रबार साँझ भएको आक्रमणको भत्र्सना विभिन्न संघ–संगठनले गरेको छ । साथै ठाकुरकी छोरी डा.मिनाक्षी झामाथि घारिलो हतियार प्रहार भएको भन्दै दोषी उपर कारवाहीको माग गरिएको छ ।

यता तराई मधेश लोकतान्त्रिक पार्टीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै शुक्रबार साँझ साढे सात बजे ठाकुर निवासमा भएको आक्रमण र सांघातिक हमलाको भत्र्सना गरेको छ । मधेशीहरुका लागि संघर्ष गरिरहेका नेताका विरुद्ध षड्यन्त्र पनि भएको आरोप तमलोपाले लगाएको छ ।

शान्ति सुरक्षाप्रति सचेत गराउँदै तमलोपाले दोषी पता लगाई तत्काल कारवाही गर्न माग गरेको छ ।

अज्ञात व्यक्तिहरुले भत्तपुरस्थित सानो ठिमीमा रहेको ठाकुर निवासमा आक्रमण गरी लुटपाटको प्रयास गरेका थिए । प्रतिकार गर्ने क्रममा ठाकुरकी छोरी डा.झा घाइते भएकी थिइन ।

tamalopa_press_release

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.