
हुलाकी न्यूज, जनकपुरधाम २५ भदौ । मधेश प्रिमियर लिग(एमपीएल) दोस्रो सिजनको उद्घाटन खेल जनकपुरधाममा हुने भएको छ ।
जनकपुरधामको बाह्र विगहा रंगभुमी मैदान र राराब क्याम्पसमा एमपीएलका खेलहरु गर्ने तयारी हुँदैछ । जसमध्ये एक मैदानमा उद्घाटन खेल हुने आयोजक संस्था मधेशी इन्जिनियरिङ्ग युनियनका संजिव यादवले हुलाकी न्यूजलाई बताए ।
एमपीएलको उद्घाटन खेल कार्तिक २ गते हुनेछ । त्यस्तै फाईनल खेल राजविराजमा हुने आयोजकले जनाएको छ ।
मधेशको खेलकुदलाई व्यवसायिक तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन गत वर्षदेखि एमपीएल सुरु भएको छ । एमपीएललाई विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैरआवासीय मधेशी संघले सहयोग गर्दैछ । त्यस्तै एपमीएलको अफिसियल मिडिया पाटर्नर हुलाकी न्यूज रहेको छ ।




