हुलाकी न्यूज, काठमाडौं २५ भदौ । संयुक्त राज्य अमेरिकास्थित मुख्यालय रहेको मधेश मानव अधिकार (मधुर)ले एक प्रेस विज्ञप्ति जारी गर्दै मधेशीलाई अपमानित गर्ने खालका अभिव्यक्ति दिएका एमाले नेता शंकर पोखरेलमाथि कारवाही हुनु पर्ने माग गरेको छ ।

मधुरले संयुक्त राष्ट्र संघको भेदभाव विरुद्ध, अधिकार र स्वतन्त्रता पूर्वक बाच्न पाउनेलगायतको घोषणा पत्रको विरुद्ध नेता पोखरेलको अभिव्यक्ति आएको जनाएका छन् । मधेशीलाई कालो भनेर होच्याउने खालको अभिव्यक्ति विरुद्ध सरकारले तत्काल कारवाही प्रक्रिया अगाडि बडाउनु पर्ने मधुरले जनाएको छ ।

मधुरका महासचिव चन्दन सिंहले जारी गरेको उक्त विज्ञप्तिमा नेता पोखरेलको आलोचना गरिएको छ ।

madhur_press_release

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.