janakpur-jaleshwor
हुलाकी न्यूज, जलेश्वर २४ भदौ । जनकपुर–भिठ्ठामोड सडकखण्ड निर्माणका लागि यातायात तथा भौतिक पूर्वाधार मन्त्री रमेश लेखकले शिलान्यास गरेका छन् ।

मन्त्री लेखकले शुक्रबार खैराचौकमा एक कार्यक्रमका बीच जनकपुर–भिठ्ठामोड सडकखण्ड शिलान्यास गरेका हुन् ।

‘अब लास उठ्छ कि साँस’ भन्दै आन्दोलन गर्दै आएका सर्वदलीय संयुक्त संघर्ष समितिले मन्त्रीले गरेको शिलान्यास सकारात्मक रहेपनि राज्यले विश्वासिलो आधार तयार गर्नुपर्ने माग गरेका छन् ।

संयुक्त संघर्ष समितिका एक सदस्यले हुलाकी न्यूजलाई भने, ‘मन्त्रीले शिलान्यास गर्दैमा सडक बनिहाल्ने अवस्था देखिरहेको छैन । यसका राज्यले इमान्दारीपूर्वक कार्यको थाली गर्नुपर्छ ।

संघर्ष समितिले निर्माण कार्य अविलम्ब सुरु गर्नुपर्ने माग गर्दै त्यसको अनुगमनसमेत गर्नुपर्ने जनाएको छ ।

वर्षौ देखिको जर्जर सडक अव ४ लेनको बन्ने भएको छ । मन्त्री लेखकले जलेश्वरको खैराचोकमा सडक सिलान्यास गर्दै अब सडक बनेरै छाडने बताएका छन् ।

मन्त्री लेखकसंगै काँग्रेसका जिल्ला तथा केन्द्रका नेता तथा नेकपा माओवादी केन्द्रका पुर्व मन्त्री गिरिराजमणी पोखरेल समेत उपस्थित भएका थिए ।

मन्त्री लेखक जनकपुरबाट जलेश्वर आउने क्रममा सडक खण्डको विभिन्न भागमा ६ लेनको सडकको मांग गर्दै आएका सर्वदलिय सर्वपक्षिय संघर्ष समितिले आफ्ना मांग सम्बोधन गर्न भन्दै प्लेकार्ड देखाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.